सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका लागि घटेर आयो इन्धनको मूल्य

२०७९ चैत्र १९, ०८:१८ खबर संवाददाता

काठमाडौं: इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

शनिबार पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो। नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ। आईओसीले १५÷१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले नयाँ मूल्य घटेर आएको हो। मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको जनाइएको छ। हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ। 

कमेन्ट लोड गर्नुस