बैतडीमा धनगढी आउँदै गरेको जिप दुर्घटना
बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–४ तोलीमा ब्रेक फेल भएर आज बिहान जिप दुर्घटना भएको हो। जिपमा १० जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
देहीमाण्डौंबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१–००१ च ३१२५ नम्बर बोलेरो जिप दुर्घटनामा परेको हो। जिपमा १० जना सवार रहेका र उनीहरु सबै सकुशल रहेको प्रहरी निरीक्षक खत्रीले बताए।
जिपको ब्रेक फेल भएर सडकको भित्तामा ठोकीन गई सडकछेउमै जिप पल्टेको प्रहरीले जनाएको छ। सडक छेउमै जिप रोकिएका कारण ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले बताएको छ।