सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तले गर्‍यो ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

२०७९ चैत्र १८, ०७:४८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। उच्च शिक्षामा अध्ययनरत ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप जनही ५० हजार रुपैँया वितरण गरेको जनाएको छ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले सामुदायिक विद्यालयबाट अध्ययन गरेका विपन्न जेहेन्दार विद्यार्थीहरुका लागि उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको जनाएको हो। छात्रवृत्ति पाउनेमा भीमदत्त नगरपालिका १४ की सुशिला विसी, भीमदत्त नगरपालिका ६ की भावना भट्ट, भीमदत्त नगरपालिका १२ की रोशनी भट्ट र भीमदत्त नगरपालिका १८ का भवेन्द्र सिंह रहेको शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले जानकारी दिए।

माघ १२ गते छात्रवृत्ती आह्वान गर्दै पहिलो सुचना पालिकाले निकालेकोमा भने जती निवेदन नआएपछि पुनः अर्काे सुचना फागुन १६ गते निकालेको उनले बताए। अर्काे सुचनामा १५ जनाले दिएको निवेदन र उनिहरुले पाएको उच्च अंकबाट मुल्याङकन गरेर यो छात्रवृत्ती प्रदान गरिएको उनले बताए।

कमेन्ट लोड गर्नुस