कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा अवैध लागुऔषध खैरो हिरोइन सहित एक जना युवा पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका–१८ का रोहित चौधरीको साथबाट १.२८ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो फेला परेको हो। साथै उनको साथबाट विभिन्न कम्पनिका तीन थान मोवाइैल सेट समेत बरामद गरेको छ।
चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।