सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

२०७९ चैत्र १२, ११:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। शनिवार ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी गस्ती टोलीले लागुऔषधिसहित तीन जनालाई पक्राउ गरेको हो।

शुक्लाफाटा नगरपालिका–१२ जाई जाने भित्री बाटोबाट वडा नम्बर १० का टेक गौतम, सोहि स्थानका कृष्ण राना र बेलौरी नगरपालिका–९ का प्रदिप चौधरी लागुऔषधसति पक्रा परेका छन्।

३ दशमलव ११ ग्राम लागुऔषधसहित तीनै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस