सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघद्धारा जिल्ला प्रशासन डोटी घेराउ

२०७९ चैत्र ५, ०४:५६ खबर संवाददाता

डोटीः नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ।

डोटी जिल्लामा रहेको पहिलो बहुमुखी क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको छ। स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनहरुले मतपेटिका तोडफोड गरका थिए्।

अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनहरुले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले बताए। नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेको छ।

नेविसंघसँग परामर्श नै नगरेर एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको छ, ‘नेविसंघ नगर सभापति राम कठायतले भने,’ तत्काल मतदान सुचारु गरिएन भने हामी कडा आन्दोलनमा उत्रिने चेतावनि दिएका छन्। मतदान रोकिएपछि नेपालि काँग्रेस  निकटको नेवि संघका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यलय घेराउ गरेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस