डोटीमा प्रहरीले बचायो एक पुरुषलाई
डोटीः डोटीका एक पुरुषलाई प्रहरीले बचाएको छ। सेती नदीमा हाम फालेर देहत्याग गर्न खोजेका पुरुषलाई प्रहरीले बचाएको हो।
जिल्लाको शिखर नगरपालिका सालमुनी मन्दिर नजिकबाट नदीमा हाम फाल्न खोजेका ४६ वर्षीय पुरुषको प्रहरीले उद्धार गरेको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ४६ वर्षीय ती पुरुषलाई प्रहरीले उद्धार गरेको हो। मोटरसाइकल सडकमा छोडेर नदीको किनारतिर लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक रूपसिंह थापाको नेतृत्वमा खटिएको टोलीले ती पुरुषलाई उद्धार गरेको हो। नदीमा हामफाल्ने तयारीमा रहेका उनलाई बगरबाट उद्धार गरिएको प्रहरी नायव निरीक्षक थापाले बताए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर अहिले आफन्तको जिम्मा लगाइएको छ।