यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल
काठमाडौँः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको एकदिवसीयमा नेपालले जित हासिल गरेको छ।
यो जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा विहिवार भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो।
कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो।