निसर्ग हस्पिटलमा सिटिजन बैंकलाई स्वास्थ्य सेवामा छुट
धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सिटिजन बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। सम्झौताअनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका कर्मचारी र ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थराज पन्त तथा सिटिजन बैंकका प्रदेश प्रमुख हरिप्रसाद घिमिरे र शाखा अधिकृत मन्जु पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। दुवै पक्षबिच २०७९ चैत २ गतेबाट लागु हुने गरी एक वर्षको सम्झौता अवधि रहनेछ।
निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीतिअनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलीकृत रुपमा सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने गरी सम्झौता गरिएको छ।