डोटीमा असिना पानी
डोटीः डोटी जिल्लामा मंगलवार असिना पानी परेको छ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, केआईसिंह गाउँपालिका , दिपायल सिलगढी नगरपालिकामा असिना पानी परेको छ। असिना पानीले अन्य खाद्यय बालीमा खासै असर नगरे पनि तोरीबालीमा केहि क्षति पुर्याएको पूर्वीचौकीका स्थानीय तेज साउँदले बताए।
असिना पानी धेरै लामो समयसम्म नपरेको र अहिलेसम्म कुनै पनि ठाउँमा असर गरेको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।