सेनाको हेलिकप्टर मार्फत डोटी जिप दुर्घटनाका घाइतेको उद्धार
डोटीः डोटी जिल्लामा जिप दुर्घटनामा परेका घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका –६ सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएकर मङ्गलवार दुर्घटना भएको थियो। जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
जिल्ला सुरक्षा समिति डोटीको समन्वय तथा पहल र नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। दुर्घटनामा परि ६ जना घाइते भएका थिए।
६ जना मध्य गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीए धौली देवी बिस्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले बताए।