सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउडा संस्कृति संरक्षण प्रतिस्ठानद्घारा बृद्धाआश्रमका असाय र असक्तहरुलाइ फलफूल वितरण

२०७९ फाल्गुन २९, ०९:२७ खबर संवाददाता

कञ्चनपुरः देउडा सस्कृति संरक्षण प्रतिस्ठान सुदूरपश्चिम प्रदेशले बृद्धाआश्रमका असाय र असक्तहरुलाइ फलफूल वितरण गरेको छ।

देउडा सस्कृति संरक्षण प्रतिस्ठान सुदूरपश्चिम प्रदेश धनगढीले कंचनपुरको महेन्द्रनगरमा अवस्थित बृद्धाआश्रमका ६२ जना असाय र असक्तहरुलाइ फलफूल वितरण गरेको छ। महेन्द्रनगरमा कंचनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कञ्चनर औद्योगिक मेला महोत्सवमा भएको देउडा प्रतियोगितामा तेस्रो स्थान हासिल गरि प्राप्त गरेको पुरस्कार रकमबाट सोमवार संस्थाका कार्य समिति पदाधिकारी तथा आजीवन सदस्यहरु उर्मिला कुवर, रत्ना भन्डारी, कलावती साउद लगायत वरिस्ठ लाइभ देउडिया अम्बादत्त जोशीले संयुक्तरुपमा असहाय र असक्तहरुलाइ फलफूल वितरण गरेका हुन्।

यस देउडा संस्कृति संरक्षण प्रतिस्ठानले प्रत्येक महिना नियमित कार्यक्रम समेत गर्दै आइ रहेको छ। यस भन्दा पहिले धनगढी ,अत्तरिया,कन्चनपुरको झलारी र पुनरबासमा भब्य लाइभ देउडा गरेको थियो भने अबको मासिक नियमित कार्यक्रम कैलालीको गोदावरि नगरपालिकाको लालपुरमा गर्ने भएको छ।

लालपुरमा  हुने उक्त कार्यक्रममा चैते दसैँको शुभकामना आदानप्रदान गरिनुका साथै लाइभ देउडा हुने प्रतिस्ठानका अध्यक्ष ध्रुबबहादुर सिंहले बताए।

कमेन्ट लोड गर्नुस