भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु
२०७५ चैत्र १९, १०:२५
बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमबार भिरबाट लडेर गौमुल गाउँपालिका वडा नम्बर १ दुर्गालीकी ३५ वर्षीया साउनी रोकायाको मृत्यु भएको हो। गोरु चराउन वनमा गएका बेला चिप्लीएर भिरबाट लडेर गम्भीर घाइते भएकी रोकायालाई उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस