सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति तोकियो

२०७९ फाल्गुन २४, ०४:४५ खबर संवाददाता

एजेन्सीः श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउने उपयुक्त मिति भएको घोषणा गरेको छ।

अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएको छ। क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको छ।

प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए तर सरकारले अपुग रकमको कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो।

श्रीलंकाले स्थानीय सरकार निकायहरूको लागि प्रत्येक ४ वर्षमा एक पटक चुनाव गर्छ र स्थगित स्थानीय चुनावहरु सन् २०२२ मै हुने तालिका थियो।


 

कमेन्ट लोड गर्नुस