सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शहीद तथा बेपत्ता भएका परिवारलाई सम्मान

२०७९ फाल्गुन २४, ०४:०३ खबर संवाददाता

बैतडीः बैतडीमा  शहीद तथा बेपत्ता भएका परिवारलाई सम्मान गरिएको छ। जिल्लाको पाटन नगरपालिकाले बुधबार शहीद तथा बेपत्ता परिवारलाई  नगदसहित सम्मान गरेको  हो।

नगरपालिकाले विभिन्न संघर्ष तथा परिवर्तनका क्रममा आन्दोलनमा  शाहदत प्राप्त गर्ने तथा बेपत्ता भएका परिवारका सदस्यलाई सम्मान गरेको नगर उपप्रमुख कमलसिंह बोहराले बताए।

बेपत्ता छानविन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावलीमध्ये १५ जना शहीद तथा बेपत्ता भएका परिवारका सदस्यहरुलाई प्रमाणपत्र र नगद ५ हजारसहित सम्मान गरिएको उनले बताए। यस्तै उनीहरुलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस