दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ।
आज नेप्से १४.४१ अंकले बढेर एक हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा बन्द भएको छ। त्यस्तै, आज नेप्सेमा एक अर्ब २० करोड ४४ लाख बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीमध्ये १६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ ।
आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। सुभम पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ पुगेको छ भने सुपर मादीको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.७० रुपैयाँ पुगेको छ।
मंगलबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ। यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट टेडिङ कर्पोरेसनको भएको छ । यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ।