सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी वडा नम्बर–४ मा ११५ जनाले लिए विशेषज्ञ सेवा 

२०७९ फाल्गुन २२, ०७:४३ खबर संवाददाता

धनगढीः धनगढी वडा नम्बर–४ मा आइतवार ११५ जनाले विशेषज्ञ सेवा लिएका छन्।

धनगढी उपमहानगरपालिकाद्वारा संचालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा अन्र्तगत आइतवार वडा नम्बर–४ को आधारभूत स्वास्थ्य केन्द्रमा सेवा संचालन भएको थियो। वडा नम्बर–४ को विशेषज्ञ स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्रीरोग बिशेषज्ञ र आँखाका बिरामीहरूले सेवा लिएका थिए। फिजिसियनमा ४६, स्त्रीरोग बिशेषज्ञबाट २७ र आँखाका ४२ जना बिरामीहरूले सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस