यूएईले दियो नेपाललाई २०८ रनको लक्ष्य
काठमाडौँः आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो। यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले। आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए।
यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए। आजको खेलमा नेपाल जित निकाल्दै लिग–२ मा आफूलाई बलियो बनाउने योजनामा छ।
नेपाललाई विश्वकप छनोट हुन अब बाँकी ६ खेलमा जित निकाल्न आवश्यक छ। नेपालले एकदिवसीय मान्यता प्राप्त गर्न अब चार खेल जित्न आवश्यक छ।