सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी यू–१९ विश्वकपमा सिंगापुर नेपालद्धारा ९६ रनले पराजित

२०७९ फाल्गुन १२, ०९:०९ खबर संवाददाता

एजेन्सीः  नेपालले यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभरमा ७ विकेटको गुमाउँदै १६५ रन  बनायो। सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकिय पारी खेले। त्यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाए।

बलिङतर्फ नेपालका हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो। नेपालका लागि आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकीय पारी खेले। आकाशले ७८ रनको अर्धशतकिय पारी खेल्दा  विशालले ६३ रनको योगदान गरे।

त्यस्तै कप्तान देव खनाल २१ रन जोड्दा दीपक बोहरा ‘बी’ ले १७ रन बनाए। छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।


 

कमेन्ट लोड गर्नुस