कञ्चनपुरमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु
कञ्चनपुर: कञ्चनपुरमा मोटरसाईकल दुर्घटना भएको छ। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा–चाँदनीमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको हो। अर्का व्यक्ति घाइते भएका छन्।
दोधारा–चाँदनी नगरपालिका–९ कालिकास्थित सडकमा सुपप्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार १७ वर्षीय करन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए। मृतक चन्द वडा नम्बर–६ निवासी हुन। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।