जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९ फाल्गुन ५, ०६:५१
कञ्चनपुरः कञ्चनपुरबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
२०६२ जेठ ४ गते देखि फरार बेलौरी नगरपालिका–२ का राजेन्द्र लुहार सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विहिबार पक्राउ गरेको हो।
प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सुनारलाई अदालतमा पेश गरिएको थियो। जिल्ला अदालतले उनलाई ७ वर्ष कैद भुक्तानका लागि कारागार चलान गरेको छ।
कमेन्ट लोड गर्नुस