कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–४ किचाईका ५० वर्षीय बलबिर भट्टलाई पक्राउ गरेको छ। भट्टले सञ्चालन गरेको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागुऔषध चरेस फेलापारी बिहीवार उनलाई पक्राउ गरेको जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ भाँसी कोठा भाडा गरी बस्ने बेदकोट नगरपालिका–१० का १९ वर्षीय बिवेक बोहरालाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट ३ दशमलव ५६ ग्राम लागुऔषध (चरेश) र ०.१४ ग्राम लागुऔषध (खैरो हेरोईन) बरामदगरी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।