सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बैतडीको ‘गाउँ–घरमा चिकित्सक’ कार्यक्रम 

२०७९ माघ २९, ०६:१३ खबर संवाददाता

धनगढीः जिल्ला अस्पताल बैतडीले ‘गाउँ–घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गरेको छ।

अस्पतालले जिल्लाका दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँ–घरमा चिकित्स’ कार्यक्रम सञ्चालन गरिएको हो। जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन स्थानीयस्तरमै शिविरको आयोजना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताए। 

उनका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगका चिकित्सक खटिएका छ। उक्त कार्यक्रमबाट नागरिक लाभान्वित भएका श्रेष्ठले बताए।  

‘गाउँ–घरमा चिकित्सक’  कार्यक्रम अन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको श्रेष्ठले बताए। शिविरमा समान्य चेकजाँचका साथै बिशेषज्ञ सेवा पनि दिने गरिएको छ। यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा लगायतका स्वास्थ्य सेवाहरु पनि शिविरमा सञ्चालन गरिएको उनले बताए।

कुलाउ स्वास्थ्यचौकीमा सञ्चालनमा गरिएको दुईदिने शिविरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसीजी सेवा लगायत विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको उनले बताए। 
यसपछि जिल्लाको सिगास गाउँपालिकाको गाँजरीमा समेत शिविर सञ्चालन गर्ने योजना गरिएको थियो। अस्पतालको पहुँच भन्दा टाढा रहेका स्थानीय तहहरुलाई  लक्षित गरेर ‘गाउँ–घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस