कञ्चनपुरमा आइसल्याण्ड ताल निर्माण हुँदै
२०७९ माघ २८, ०३:३३
कञ्चनपुरः कञ्चनपुरमा दुईवटा आइसल्याण्ड ताल निर्माण सुरु गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा पर्यटकहरुको आकर्षणका लागि कृत्रिम ताल निर्माण कार्य सुरु भएको छ।
ताल निर्माणका लागि तटबन्ध निमार्णको काम समेत भइरहेको छ। महाकाली पुलको वारीपारी दुई वटा आईसल्यान्डु सहितको कृत्रिम ताल निर्माण गर्न लागिएको भीमदत्त नगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस