सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफ्टिन्स रग्वी लिग आइतबारबाट

२०७९ माघ २८, ०२:१६ खबर संवाददाता

काठमाडौँः तेस्रो फिफ्टिन्स रग्वी लिग आइतबारबाट सुरु हुँदैछ।

नेपाल रग्वी संघको आयोजनामा माघ २९ गते बाट फागुन ६ गतेसम्म हुने प्रतियोगितामा चार टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले एकल राउन्डको आधारमा प्रतिस्पर्धा गर्नेछन्। शीर्ष टोलीले उपाधि जित्नेछ। सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।

पहिलो दिन हिमालयन टाइगर रग्वी क्लब र गोर्खाली रग्वी क्लब तथा अर्को खेलमा आकाश भैरव क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो दिन फागुन ३ गते बुधबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन टाइगर रग्वी क्लब तथा दोस्रो खेलमा आकाश भैरव क्लब र गोर्खाली रग्वी क्लबबीच खेल हुनेछ।

त्यसपछि राउन्ड रोविन लिगको अन्तिम खेलमा फागुन ६ गते शनिबार हिमालयन टाइगर रग्वी क्लब र आकाश भैरव रग्वी क्लब तथा अन्तिम खेलमा त्रिभुवन आर्मी र गोर्खाली रग्वी क्लबबीच प्रतिस्पर्धा हुनेछ। रग्वी सेभेन्समा सात प्रदेश र विभागको पनि टोली रहेपनि फिफ्टिन्समा टिम नरहेकाले उपलब्ध रहेका चार टोलीबीच नै प्रतिस्पर्धा गराउन लागेको संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

प्रतियोगितामा २ जन जापानी खेलाडीसमेत सहभागी हुनेछन्। हिमालयन टाइगर जापानी रग्बी खेलाडी ताइसुके मियोको कप्तानीमा उत्रिनेछ। ताइसुकोसँगै उनका छोरा तारा मियोसमेत सहभागी हुनेछन्। बाबु छोरा एउटै क्लबबाट प्रतियोगिता खेल्नेछन्। सल्लाघारीको आर्मी स्कुलको मैदानमा भएको पहिलो संस्करण त्रिभुवन आर्मीले जितेको थियो।

मध्यपुर युवा क्लबको मैदानमा आयोजना भएको दोस्रो संस्करण गोर्खालीले जितेको थियो।
 

कमेन्ट लोड गर्नुस