साताको सेयर बजार – ८८ अङ्क बढ्यो, साढे १२ अर्बको कारोबार
काठमाडौँः यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८८ अङ्कले बढेर बन्द भएको छ।
नेप्सेमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि आएसँगै परिसूचक २१८२ अङ्कमा पुगेर रोकिएको छ। गत साताको शुक्रबार नेप्से परिसूचक २०९४ अङ्कमा कायम थियो। यो साता ५ दिन नेप्से कारोबार भएको थियो। जसमध्ये ४ दिन नेप्से परिसूचक बढेसँगै ४ प्रतिशतभन्दा बढीको सुधार आएको हो। साताका ५ दिनमध्ये बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो।
यसक्रममा यो साता साढे १२ अर्ब बढीको कारोबार भएको छ। गत साताभर १३ अर्ब बढीको कारोबार भएको थियो। जुन, यो सातामा भएको कारोबारको तुलनामा ५० करोड बढी हो। गत साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ थियो। यसका साथै, यो साता सेन्सेटिभ इन्डेक्स ४.२८ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ४.२४ प्रतिशतले बढेको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्स ४.६३ प्रतिशत बढेको छ।