कञ्चनपुरको खार खोलामा पक्की पुल निर्माण
२०७९ माघ २५, १०:२३
कञ्चनपुरः कञ्चनपुरको खार खोलामा पक्की पुल निर्माण गरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा पक्की पुल निर्माण गरिएको हो।
यसअघि सो क्षेत्रमा पक्की पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको थियो। अहिले पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीय उत्साहित भएका छन्।
कमेन्ट लोड गर्नुस