सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

२०७९ माघ २५, ०७:४१ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै छ। शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा आजदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता गोदावरी नगरपालिका–६ मा रहेको शैलेश्वरी मावि बडेहाँमा हुने जनाइएको छ। प्रतियोगितामा १९ सामुदायिक र १४ संस्थागत गरी ३३ वटा विद्यालयको सहभागिता रहने छन्। प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने आयोजकले जनाइएको छ। प्रतियोगिता माघ २८ गते सम्पन्न हुने छ।

कमेन्ट लोड गर्नुस