सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याङकर पार्कीङको समस्या ज्यूका त्यू

२०७५ चैत्र १५, ०७:४८ जनक विष्ट

धनगढीमा ट्याङकर पार्कीङका लागि वषौँदेखि सडकमै कब्जा जमाएका ढुवानी व्यवसायीहरुले व्यवस्थित पार्कीङको विकल्प खोज्न सकेका छैनन्। नेपाल आयल निगम धनगढी र प्रहरीलाई समेत प्रभावमा पारेर वषौँदेखी सडक कब्जा गरी पार्किङ गर्दै आएका व्यवसायीहरु व्यवस्थित पार्कीङ गर्ने विषयमा मौन बसेका छन्।

पेट्रोलियम पदार्थ ढुवानीबाट मुनाफा कमाउदै आएका व्यवसायीहरु विगतमा झै अहिले पनि चटकपुर स्थित आयल निगमको कार्यालय सामुन्नेको सडकमा पार्कीङ गर्दै आएका छन्। ६ लेन सडक निर्माणको काम चलिरहेका बेला समेत सडकका दुवैतर्फ पेट्रोलियम पदार्थले भरिएका ट्याङकरहरु पार्कीङ गरेर राखिएका हुन्छन्। तर व्यवस्थित पार्कीङको विकल्प खोज्नमा व्यवसायीहरु उदासिन बनेका छन्। ट्याङकरको पार्कीङका लागि आयल निगमले जग्गाको व्यवस्थापन गर्ने सहमती भएको दावी पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ कैलालीका अध्यक्ष मनीराम पाण्डेको छ।। 

तर आयल निगमका अनुसार ट्याङकरको पार्कीङ आयल निगमले नभई स्वयंम व्यवासायीहरुले नै गर्नुपर्ने हो। नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीका प्रमुख शर्पसिह शर्माले निगमले भाडामा ट्याङकर लिने गरेकाले पार्कीङ व्यवस्थापनको जिम्म व्यवसायीहरुकै भएको बताए। 

प्रदेशको अस्थायी राजधानी धनगढीको चटकपुर क्षेत्रमा पेट्रोलियम पदार्थ भरिएका ट्यांकरहरुको जथाभावि पार्किङ हुदै आएकोमा ६ लेन सडक निर्माण सुरु भएपछि झन सास्ती भएको छ। अहिले ६ लेन सडक निर्माण भईरहेकै बेला ट्याङकरको पार्कीङमा ठुलो समस्या देखिएका बेला सडकको निर्माण सकिए झनै समस्या हुने देखिएको छ। ट्यांकर चालकहरुले पार्कीङको व्यवस्था नहुदा निकै समस्या हुने गरेको बताउदै आएका छन्। अर्कोतीर व्यवासायीहरु पार्कीङका लागि जग्गा खोजी गरिएको दावी पनि गर्दै आएका छन्। तर धनगढीमा जग्गा नै नभेटिएको जिकिर ढुवानी व्यवसायी संघका अध्यक्ष पाण्डेको छ। 

आयल निगमले, आफुले भाडा तिरेर पेट्रोलियम पदार्थ ढुवानी गर्ने भएकाले पार्कीङको ब्यवस्थापनको जिम्मा पनि ढुवानी व्यवसायीको भएको बताउदै आएको छ। पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको संस्था पेट्रोलियम पदार्थ दुवानी ब्यवसायी संघले आयल निगमकै लागि ईन्धन बोक्ने भएकाले पार्कीङको जिम्मेवारी आफ्नो नभएको अडान गर्दै आएको छ। विगतमा सडकमै अव्यवस्थीत पार्र्कीङ गर्दै आएका व्यवसायीले ६ लेन सडक निर्माण भए कहाँ पार्किङ गर्छन भन्ने विकल्प नखोजेपनि आयल निगमले आफ्नै जग्गामा केही ट्याङकरको पार्किङका लागि काम अगाडी बढाएको जनाएको छ।

६७ ओटा ट्याङकर पार्कीङ गर्नका लागि डिपोसंग जग्गा छैन भने ट्यांकरबाट फाईदा लिदै आएका ढुवानी व्यवसायीलाई भने पार्किङ गरेर व्यवस्थापन गर्ने ईच्छा नै छैन। तर पार्कीङको व्यवस्था नगर्ने ढुवानी व्यवसायीलाई कारवाहीको दारयामा ल्याउन न आयल निगमने सकेको छ न त ट्राफीक प्रहरीले त्यसतर्फ ध्यान दिएको छ। वरीपरि घनावस्तीले घरेको धनगढीको डिपोलाई अन्यन्त्र सार्ने भन्दै जग्गा खरिदका लागि निकालेको टेन्डर रद्ध भएको थियो। त्यसपछि डिपो सार्ने र पार्किङ व्यवस्थापनको विषयमा चर्चा पनि सेलाएको छ।
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस