बैतडीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
बैतडी: बैतडीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको मैलौली नगरपालिकामा सम्पन्न प्रतियोगिताको उपाधि मणिलेक मावि काँडाले जितेको छ। मणिलेकले १८ स्वर्ण, २ रजत र ५ कास्यपदक सहित प्रथम भएको छ।
प्रथम भएको मणिलेकले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको मेलौली नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर भण्डारी (सागर)ले जानकारी दिए। यस्तै शितलपुर मावि दोस्रो भएको छ। उसले ४ स्वर्ण, १० रजत र ६ कास्यपदक हात पारेको छ।
शितलपुरले ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। माघ २० गतेदेखि शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो। प्रतियोगितामा नगरभित्रका १२ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।