भुटानविरुद्ध नेपाललाई २–० को अग्रता
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलकोपहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता बनाएको छ। पहिलो हाफमा दुबै गोल अमिषा कार्कीले गरिन्। नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।
भुटान पनि पहिलो जितको खोजीमा छ। भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। अब नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ। –रासस