सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा नगरस्तरीय हाजिरी जवाफ, विज्डम एकेडेमी प्रथम

२०७९ माघ २१, १२:२९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरी नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा विज्डम एकेडेमी प्रथम भएको छ।

शान्ति माध्यमिक शान्तिपुरले द्वितिय स्थान प्राप्त गरेको आयोजकले बताएको छ। उग्रतारा बाल विद्यालयले तृतीय भएको छ। 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र सात हजार पाँच सय नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिस्ट अतिथि उपप्रमुख जोगराम चौधरी थिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, नगर प्रवक्ता हर्क भुललगायत कार्यक्रममा उपस्थित थिए। नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा बेलौरी नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो। जम्मा २२ विद्यालयले प्रतियोगितामा भाग लिएका हुन्। 


 

कमेन्ट लोड गर्नुस