सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगले सरकारलाई ३ अर्ब फिर्ता पठाउने

२०७९ माघ २०, ०१:५८ खबर संवाददाता

काठमाडौँः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन्।

शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितब्ययी भएर खर्च गरेको बताए। 

उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको उल्लेख गरे।

कमेन्ट लोड गर्नुस