बक्सर सुष्माले जितिन् रजत
काठमाडौं: नेपाली महिला बक्सर सुष्मा तामाङले एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदकमै चित्त बुझाएकी छन्। थाइल्यान्डको बैंककमा बुधबार महिला ४८ केजी तौल समूहको फाइनलमा उज्वेकिस्तानी प्रतिद्वन्द्वी फोजिलोभा फरजोनासँग ५ः० अंक आधारमा पराजित भएकी थिइन्। सुष्माको रजत पदक नै नेपाली बक्सिङले एसियालीस्तरको प्रतिस्पर्धामा पाएको सबैभन्दा ठूलो सफलता हो।
सेमिफाइनलमा मंगोलियाकी खेलाडीलाई हराएर उनी ऐतिहासिक सफलतामा पुगेकी थिइन् महिला ५७ केजीमा हेमा राई र ७५ केजी तौल समूहमा त्रिशा जबेगुले कांस्य पदक जितेका छन् । सुष्माको प्रतिस्पर्धा हेर्न थाइल्यान्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाल पनि ह्वामार्क इन्डोर स्टेडियम पुगेका थिए।