सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

२०७९ माघ ९, ०३:२१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ। जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ बरामद गरिएको हो। सव-डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५ देखतभुलीका ६ घरबाट अवैध काठ बरामद गरेको हो।

सव-डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरिनायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी गराए।

सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट चिरान गरेको काठ , ३८ दशमलव २८ क्युफिट गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट  चिरान गरेको काठ, ३८ दशमलम शून्य १ क्युफिट  गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट  चिरान काठ, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट चिरान काठ , विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट चिरान काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो।

कमेन्ट लोड गर्नुस