सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री रावल काठमाण्डौ जाँदै, कारागारमा रेशमसँग मन्त्रालयको भागबन्डा गरिने

मुख्यमन्त्री राजेन्द्रसिंह रावल र मन्त्री खगराज भट्ट
मुख्यमन्त्री राजेन्द्रसिंह रावल र मन्त्री खगराज भट्ट
२०७९ माघ ४, ०२:२२ कमल सावद

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्री खगराज भट्ट लगाएतको समूह काठमाण्डौ जाने भएको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल र माओवादी संसदीय दलका नता भट्टसहितको समूह बिहीवार काठमाण्डौ जाने भएको हो। उनीहरुले पार्टीका शिर्ष नेता तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटघाट गर्ने कार्यक्रम छ।

मुख्यमन्त्री रालवलले काठमाण्डौ गएपछि मात्र मन्त्रीमण्डल विस्तारको बारेमा बोल्ने दिनेशखबरलाई बताए।  प्रदेशको मन्त्रीमण्डल विस्तारको विषयमा छलफलका लागि संघीय राजधानी काठमाण्डौँ जाने तयारीमा रहेको उनले बताएका हुन्। प्रदेश सरकारको स्रोत अनुसार मुख्यमन्त्री रावल र मन्त्री भट्टको समूहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग डिल्लीबजार कारागारमा छलफल गर्ने छन्। प्रदेशको मन्त्रीमण्डल विस्तार तथा मन्त्रालयको भागबण्डाका लागि चौधरीसँग मुखयमन्त्री रावल र मन्त्री भट्टले छललफल गर्ने छन्। सुदूरपश्चिमको मन्त्रालयको भागबण्डा कारागारमा हुने देखिएको हो।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले भने आफु काठमाण्डौँ जाने वा नजाने विषयमा निश्चित नभएको बताएका छन्। उनले प्रदेशको मन्त्रालयको भाग भन्दापनि पार्टीका लागि प्रमुख मुद्दा रेशम चौधरीको रिहा भएको बताए। ‘हामी सरकारमा सहभागी भइसकेका छौँ। हामीलाई मन्त्रीभन्दा पनि मुख्य मुद्दा रेशमको हो’, उनले भने।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस