सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य एक लाख पाँच हजार एक सय 

२०७९ माघ ३, ०८:३५

काठमाडौँः सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय पुगेको छ। अघिल्लो दिन प्रतितोला  एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन  एक लाख चार हजार सात सय थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। रासस
 

कमेन्ट लोड गर्नुस