कञ्चनपुरमा खैरो हेरोइनसहित एकजना पक्राउ
२०७९ पुष २९, १२:५२
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १ फटैयाबाट अवैध (लागूऔषध) खैरो हेरोइनसहित ३१ वर्षीय बासुदेव राना पक्राउ परेका हुन्।
करिब ११ ग्राम ७ सय ६० मिलिग्राम लागुऔषधसहित पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकडका रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस