सुदूर नेपाललाई विश्वसँग जोड्दै

 कञ्चनपुरको कृष्णपुरमा ‘नागरिकसँग मेयर’ कार्यक्रम शुभारम्भ

२०७९ पुष २८, १०:४७

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रमको सुरुवात गरेको छ।

एक कार्यक्रमका बिच बिहीवार नगरपालिकाको सभाकक्षमा नगरप्रमुख हेमराज ओझाले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन। ‘नागरिकसँग मेयर’ कार्यक्रमको पहिलो चरणमा कृष्णपुर नगरपालिकाका प्रत्येक नागरीकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल ) बनाउने उद्येश्यका साथ स्वास्थ्यकर्मीको टोली ९ वटै वडाका नागरीकहरुको घरआगनमै गएका छन्।

उनीहरुले निशुल्क रक्तचाप जाँच, दीर्घरोगहरु, महिलाको आङ खस्ने समस्या, मृगोला रोगहरु, मृगोलाको प्रत्यारोपण, क्यान्सर, मुटुरोग, दम, अपाङ्गता, सिकलसेल एनिमिया, थालेसिमिया, क्रोनिल लिभर डिजिज, मष्तिस्क घात, मानसिक रोग लगायत नसर्ने रोगहरुको विवरण संकलन गरिने नगरप्रमुख ओझाले बताए। 

त्यसपछि दोश्रो चरणमा आवश्कता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडी बढाइने नगरप्रमुख ओझाले बताएका छन्।

कमेन्ट लोड गर्नुस