सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागु औषधसहित भण्डारी पक्राउ

२०७९ पुष २४, ०६:४१ खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्।

आइतबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ बाट लागु औषधसहित ४२ वर्षीय गणेशसिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सोहि स्थान घर भएका भण्डारीबाट ३७ वटा एम्पुल नामक लागु औषध फेला परेको जनाएको छ। एम्पुलसहित पक्राउ परेको भण्डारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस