धनगढीको मिश्र जनरल स्टोरले गर्याे ग्राहकलाई पुरस्कृत
धनगढीः धनगढीको मिश्र जनरल स्टोरले आफ्ना ग्राहकलाई पुरस्कृत गरेको छ। शनिवार धनगढीमा पुरस्कार वितरण तथा ग्राहक अन्तरक्रिया कार्यक्रम आयोजना गरेर स्टोरले प्रथम संस्करणको पुरस्कार वितरण गरेको हो।
स्टोरले दसैं तिहार तथा छठ धमाका स्किमअन्तर्गत तीन विधाका विजेता १७ जना ग्राहकलाई पुरस्कृत गरेको छ। स्टोरका सञ्चालक लिलाराज मिश्रले असोज १ देखि कार्तिक १५ सम्म चलेको स्किमका विजेतालाई पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा हरेक वर्ष पुरस्कार वितरण र ग्राहक अन्तरक्रिया कार्यक्रम राख्ने योजना रहेको बताए।
मिश्र जनरल स्टोरले दसैं तिहार तथा छठ धमाका अन्तर्गत चलेको स्किममा पूजा फेन्सी एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक कृष्णराज भण्डारी, गुरागाई प्रिन्स कलेक्सन क्याम्पस रोडका प्रकाश गुरागाई, नैना सपिङ सेन्टर अत्तरियाका डिल्लीराज भण्डारी, न्यु श्रेष्ठ जनरल स्टोर पुनर्वासका अर्जुनकुमार श्रेष्ठ, चन्द्र स्टोरका चैनपुर बझाङका विनोद कठायत, लाल फेन्सी स्टोरका ध्रुवबहादुर भण्डारीलाई स्किमअनुसारको द्वितीय पुरस्कार प्रदान गरिएको थियो।
यस्तै,सबैभन्दा बढी कारोबार गर्ने रतनपुर फेन्सी हाउसका सञ्चालक प्रेम चौधरीलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो भने विद्या सप्लायर्स सुख्खडका श्यामप्रसाद सापकोटा, आरती इम्पोरियम बेलौरीका देवप्रसाद चौधरी, यादव फेन्सी स्टोर धनगढी चौराहाका सरोजकुमार यादव, न्यु लक्ष्मी शृङ्गार लालपुरका लक्ष्मीकान्त भट्ट, कोपिला फेन्सी, साँफेबगर, अछामका भीमबहादुर कुँवर, श्रीगल्लेकी मष्टा जनरल स्टोर, बम्का बाजुराका लोकेन्द्र रावत, सम्राट कलेक्सन डडेल्धुराका सम्राट पनेरू, शिवम् सपिङ सेन्टर, डडेल्धुराका धर्म पनेरू, जय नेपाल फेन्सी स्टोर, डडेल्धुराका दीपकराज पनेरू र न्यु वेलकम फेन्सी पवेराका गगन कठरियालाई तेस्रो स्किम विजेताको रुपमा पुरस्कृत गरिएको थियो।
तीनै स्किमका विजेता ग्राहकहरूलाई मिश्र जनरल स्टोरका सञ्चालक लिलाराज मिश्र, गणेश मिश्र र टीकाराम मिश्र दम्पतीले पुरस्कारसहित सम्मान गरेका थिए।
तोकिएको समयमा कार्यक्रममा आइपुगेको भन्दै पाण्डे सपिङ सेन्टर टिकापुरका खडकलाल पाण्डे र मदिना सपिङ सेन्टरका नारायण न्यौपानेलाई भित्ते घडी प्रदान गरेर सम्मान गरिएको थियो।कार्यक्रम विभिन्न सांस्कृतिक नृत्यसँगै ग्राहकहरूलाई मनोरञ्जनात्मक खेलमा सहभागी गराइएको थियो। कार्यक्रमको सञ्चालन मिश्र जनरल स्टोरका सञ्चालक प्रशान्त मिश्र र विधान मिश्रले गरेका थिए। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले व्यावसायिक सफलताको लागि पुँजी हिम्मत र परिश्रम गरेर नथाक्ने बानी हुनुपर्ने बताउँदै होलसेल र रिटेयल व्यापारी बिच पारिवारिक सम्बन्ध प्रगाढ बनाउन यस्ता कार्यक्रम हुनुपर्ने कुरामा जोड दिएका थिए। यस्तै, कार्यक्रममा बेलौरीको जी ट्रेडर्सका सञ्चालक जोगराम चौधरी, अमित कार्की, खडकलाल पाण्डे र कर्मचारीको तर्फबाट रामभाग रानाले आफ्नो भनाइ राखेका थिए।
यस्तो छ मिश्र जनरल स्टोरको ३७ वर्षे व्यासायिक यात्रा
खेमराज मिश्र र कुर्मादेवी मिश्र दम्पतीले २०४२ देखि धनगढीमा खोकाबाट व्यायवायिक जीवन सुरु गरेका थिए। सानो खोकामा किराना सामान राखेर सुरु भएको मिश्र परिवारको व्यापार केही वर्षमा किराना पसलको रुपमा सटरमा सरेको थियो। २०४७ मा भने खेमराज मिश्रले 'मिश्र जनरल स्टोर' औपचारिक रुपमा दर्ता गरेर सञ्चालनमा ल्याएका थिए।
खोकाबाट सुरु भएको किराना व्यापार समयको मागसँगै कपडाको पसलमा रुपान्तरण भएको थियो भने धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसनको सटरबाट तयारी पोसाक बिक्री गर्दै २०६० बाट होलसेल व्यापार गर्न थालेको मिश्र जनरल स्टोरका सञ्चालक प्रशान्त मिश्रले कार्यक्रमको दौरान जानकारी गराएका थिए।
अहिले भने मिश्र जनरल स्टोर बसपार्कमा आफ्नै भवनमा सरेको छ। जसले सुदूरपश्चिमका सबै जिल्लामा होलसेल व्यापार गर्दै आएको छ। होलसेल व्यापार थालेदेखि लिलाराज मिश्र, गणेश मिश्र, टीकारम मिश्र र प्रशान्त मिश्रले व्यवसायलाई निरन्तरता दिइरहेका छन्। व्यवसायका जन्मदाता खेमराज मिश्रले व्यावसायिक जिम्मेवारी छोराहरूलाई सुम्पेर सेवा निवृत जीवन ब्यतित गरिरहेका छन्।
मिश्र जनरल स्टोरले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ भने निकट भविष्यमै नयाँ किसिमको व्यवसाय सुरु गर्ने बताएको छ।
ग्राहक वर्गको माया र सद्भाव तथा आफ्नो लगनशीलताले व्यावसायिक सफलता मिलेको सञ्चालकहरूले बताएका छन्। कार्यक्रममा सहभागी ग्राहकहरूले मिश्र जनरल स्टोरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।