सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

२०७९ पुष २१, ११:४३ खबर संवाददाता


धनगढीः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला र एक लाख तीन हजार एक सय कायम भएको छ। 

अघिल्लो दिन प्रतितोला र एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला र दुई सयले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र एक लाख दुई हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन र एक लाख दुई हजार चार सय थियो। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। रासस
 

कमेन्ट लोड गर्नुस