कञ्चनपुरका २२ वर्षीय विष्ट आफ्नै कोठामा मृत फेला
२०७९ पुष २०, ०१:२०
धनगढीः कञ्चनपुरमा २२ वर्षीय एक युवा मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम बिष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन्।
आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन्।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस