डोटीको एकता बहुद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न
धनगढीः डोटीको एकता बहुद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न भएको छ। बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ५ धिर्कामाण्डौमा रहेको सहकारीको शनिवार तेस्रो साधारण सभा सम्पन्न भएको हो।
दर्जाकोट माध्यमिक विद्यालयमा सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष टेकबहादुर बोहराले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिला थिए। यस्तै, विशिष्ट अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्द, बडिकेदार पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहरा, जिल्ला समन्वय समितिका सदस्य शान्ता भुल रहेका थिए।
वडा नम्बर ४ का अध्यक्ष दीपबहादुर बम र वडा नम्बर ५ का अध्यक्ष रामबहादुर बोहरालगायत ३ सय ५० जना सेयर सदस्यको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो।
सहकारी संस्थाको ९५ लाख २९ हजार ४८३ रुपैयाँ ५० पैसाको प्रतिवेदन संस्थाका अध्यक्ष टेकबहादुर बोहराले साधारण सभामा पेश गरेका थिए।