पेनाल्टी सुट आउट प्रतियोगितामा कमलामाई ट्रेडर्स विजयी
धनगढीः धनगढी होलसेल व्यवसायी संघले आयोजना गरेको दोस्रो पेनाल्टी सुट आउट प्रतियोगितामा कमलामाई ट्रेडर्स विजयी भएको छ। शनिवार धनगढीको फाप्ला मैदानमा भएको प्रतियोगितामा सहभागी १६ टीममध्ये कमलामाई ट्रेडर्सले प्रथम स्थान हासिल गरेको हो।
यस्तै, दोस्रो पेनाल्टी सुट आउट प्रतियोगितामा मिश्र जनरल स्टोर द्वितीय र रेखा फेन्सी स्टोरले तृतीय स्थान हासिल गरेका छन्। मिश्र जनरल स्टोर द्वितीय र रेखा फेन्सी स्टोरले तृतीय स्थान हासिल गरेका छन्।
प्रतियोगितामा कमलामाईका गौरव महतो उत्कृष्ट गोलरक्षक भएका थिए भने मिश्र जनरल स्टोरका फुलेन्द्र चौधरी उत्कृष्ट खेलाडी भएका थिए। उत्कृष्ट गोलरक्षक र खेलाडीलाई सुधा व्याग हाउस र भुवनेश्वरी जनरल स्टोरले जनही २ हजार नगद पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः२१ हजार, १४ हजार र ७ हजार नगदसहित ट्रफी प्रदान गरिएको धनगढी होलसेल व्यवसायी संघका महासचिव यमनाथ सिग्देलले बताए।
दोस्रो पेनाल्टी सुट आउट प्रतियोगिताको अध्यक्षता धनगढी होलसेल व्यवसायी संघका उपाध्यक्ष जैनेन्द्र स्वाँरले गरेका थिए भने कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री प्रमुख अतिथि रहेका थिए।