धनगढीमा सुरु हुँदै गुरु जी आर्केड लेडिज बुटिक सप
धनगढी : धनगढीमा गुरु जी आर्केड लेडिज बुटिक सप सुरु हुँदैछ। ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै गुरु जी आर्केड लेडिज बुटिक सप सुचारु हुने लागेको हो। पुस १६ गते शनिवारदेखि धनगढी मेनरोडस्थित माछापुछ्रे बैँक भएको भवनमा सो सपको उद्घाटन हुनेछ।
नारी सौन्दर्यता क्षेत्रमा पनि नयाँ आयाम दिन सुदूरपश्चिम प्रदेशमै पहिलो पटक लेडिज फेशनका लागि विज्ञ डिजाइनरबाट डिजाईन गरी महिलाहरुको चिटिक्क सुहाउदो पहिरन दिने सो बुटिकको लक्ष्य छ।
गुरु जी आर्केड लेडिज बुटिक सपका सञ्चालक सतिश जोशीले सुदूरपश्चिमका संस्कृति र परम्परालाई पनि जोडेर लेडिज फेशनका पहिरन सस्तो, सुलभ र २४ घण्टा भित्र उपलब्ध हुने गरी पसल सञ्चालनमा आउन लागेको उनले बताए। बुटिकको शनिवार दिउँसो २ बजे उद्घाटन हुने छ।