दुई सय रुपैयाँले घट्यो सुनको मूल्य
धनगढीः नेपाली सुनचाँदी बजारमा आज (बिहीवार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ। आज सूनको मूल्य प्रतितोला रु एक लाख नौ सय तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सय छ। यसको मूल्य अघिल्लो दिन रु एक लाख छ सय थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार तीन सय ८० मा आएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।