सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीक साझेदारीमा एक प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध

सुदूरपश्चिम स्वरोजगार कोष

२०७९ पुष १३, ०७:१६ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालय मातहतको प्रदेश स्वरोजगार विकास कोषले कर्जा प्रवाह सुरु गरेको छ।

नयाँ रोजगारी सिर्जना र उद्यम गर्न सहकारीमार्फत सहुलियत कर्जा प्रवाह सुरु गरिएको हो। मंगलबार स्वरोजगार विकास कोषले दुई सहकारीहरुलाई ८०/८० लाख रुपैया थोक कर्जा प्रवाह गरेको छ। कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती कृषि सहकारी संस्था र कञ्चनपुरको महेन्द्रनगरमा रहेको संकल्प कृषि सहकारी संस्थालाई थोक कर्जा प्रवाह गरेको हो।

आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीले मालाखेती कृषि सहकारी र संकल्प कृषि सहकारीका प्रतिनिधिलाई थोक लगानीको चेक हस्तानतरण गरेका छन्। सहकारीहरुले कोषलाई एक प्रतिशत मात्र ब्याज तिर्नुपर्ने छ। सहकारीहरुले बढीमा चार प्रतिशत सम्ममा कर्जा प्रवाह गर्नुपर्ने छ। कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले सहकारीसँग व्यावायिक साझेदारी गरेर थोक कर्जा लगानी थालेको बताएका छन्। 

मालाखेती  कृषि सहकारीले ३० जना र संकल्प कृषि सहकारीले ३९ जनालाई ऋण लगानी  गर्ने तिम्लिनाले बताएका छन्। प्रदेशका सहकारीहरुले लक्षित व्यक्तिलाई अधिकतम तीन लाखसम्म,  पाँच जना वा सो भन्दा बढी सदस्य रहेको सामुहिक व्यवसायलाई १० लाखसम्म लगानी गर्न प्रावधान छ। 

सहकारीले ऋण लिन चाहेका व्याक्तिहरुको सूची तथा विस्तृत विवरण कोषमा बुझाउनुपर्ने हुन्छ। कोषले स्थलगत अनुगमनपछि मात्र कर्जा स्वीकृत गरिने उनले बताए। आर्थिक वर्ष २०७५/७६ बाट वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई स्वरोजगारका लागि प्रदेश सरकारले सहुलियतपुर्ण ऋण लगानीको कार्यक्रम ल्याएको थियो। तत्कालिन आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले स्वदेशमा युवाहरुलाई स्वरोजगारका लागि यो कार्यक्रम ल्याएका हुन्।

बोहराले कोष कार्यान्वयनका लागि एक अर्ब बजेट विनियोज गरेका थिए। तर कार्यक्रमको रकम खर्च हुन सकेको थिएन्। कार्यक्रम सुरु भएको पाँच वर्षपछि अहिले आएर मात्र सो कार्यक्रम कार्यान्वयनमा आएको हो। सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीले सहकारीहरुले सही ठाउँमा कर्जा प्रवाह गर्ने विश्वास लिएका छन्।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस