सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टी–२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडौं र जनकपुर खेल्दै

२०७९ पुष १२, ०८:३९ खबर संवाददाता

काठमाडौं: नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन्। आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन्। खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ। लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो।

अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ। पोखरा दुई खेलमा अङ्कविहीन छ। त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाडांै नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ। खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोडेको छ। जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमा पराजित विराटनगर अङ्कविहीन छ। प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ। ६ टोली सहभागी प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ।
 

कमेन्ट लोड गर्नुस