धनगढीबाट माउण्टेन फ्लाईटको सम्भावना
सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि धनगढीबाट माउण्टेन फ्लाईट गर्नुपर्ने माग बढ्दै गएको छ। यस क्षेत्रका अगुवा व्यवसायीहरुले उक्त माग बर्षाै पहिलेदेखि उठाउँदै आएपनि अहिले सम्म त्यस्को सुरुवात भने हुन सकेको छैन्। तर धनगढीलाई मुख्य केन्द्रविन्दु बनाएर माउण्टेन फ्लाईट सुरु गर्न सके सुदूरपश्चिमको पर्यटन प्रवद्धनका लागि निकै महत्वपूर्ण सावित हुने देखिएको छ।
अहिले सम्म माउण्टेन फ्लाईटका लागि पुर्वी नेपालको मात्रै भरपर्नुपर्ने बाध्यता रहेका बेला धनगढी बेस बनाएर माउण्टेन फ्लाईट सुरु गर्न सके सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि कोषे ढुङगा सावित हुने नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले बताए।
पुर्वी नेपालका हिमश्रीङखला मात्रै होईन सुदूरपश्चिमकै विभिन्न हिमश्रीङखला र पर्यटकीय क्षेत्र दृष्यावलोकनका लागि पनि माउण्टेन फ्लाईट निकै उपयुक्त हुने उनको भनाई छ। आन्तरीक पर्यटकहरुका लागि र भारतको सबैभन्दा बढि जनसङख्या भएको प्रान्तहरु समेत सुदूरपश्चिम नजिक भएकाले धनगढीलाई बेस बनाएर माउण्टेन फ्लाईट गर्न सकिने कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए।
सुदूरपश्चिमका हिमालहरु अपि र साइपाल, हिमाली क्षेत्रमा रहेका अन्य धार्मीक पर्यटकीय क्षेत्रहरु माउण्टेन फ्लाईटको माध्यमबाट पर्यटकहरुलाई घुमाउन सकिने सम्भावना छ। यस्तै धनगढी बेस बनाएर पुर्वी नेपालका हिमश्रृंखला समेत दृष्यावलोकन गर्न सकिने छ। तर त्यस्का लागि प्रदेशमा रहेको पर्यटन मन्त्रालय, अधिकार सम्पन्न स्थानीय सरकारहरुले पहल गर्न आवश्यक रहेको नाटाका महासचिव सिंहको भनाई छ।
धनगढीबाट माउण्टेन फ्लाईट सुरु गर्दै भारतीय पर्यटकलाई लोभ्याउन सकिने धारणा धेरैको उनको छ। उत्तर प्रदेश, दिल्ली र उत्तराखण्ड लगायतका प्रदेशबाट माउण्टेन फ्लाईटको माध्यमले पर्यटक तान्न सकिनेमा धेरै पर्यटन व्यवसायी पनि विश्वस्त छन्। नागरीक उड्यान प्राधिकरणले पनि धनगढीलाई बेस बनाएर माउण्टेन फ्लाईन गर्न कोही ईच्छुक भए कुनै समस्या नहुने जनाएको छ। तर नेताहरुले त्यस्का लागि पहल गर्नुपर्ने धारण धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाको छ।
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकप्टरबाट धनगढी घुमाउने योजना ल्याउँदा धेरैले रुचाए। धनगढीलाई बेस बनाएर माउण्टेन फ्लाईट सुरु भए आन्तरीक र भारतीय पर्यटकलाई तान्न ठुलै समस्या हुने देखिन्न।